कृषक समूहलाई माहुरी वितरण

कृषक समूहलाई माहुरी वितरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ३०, २०७६

कैलाली । धनगढी उपमहानगरपालिकाले धनगढी– ८ स्थित श्री गणेश टोलमा रहेको भलाकुसारी महिला कृषक समूहलाई २० घार माहुरी वितरण गरेको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र वडा नं ८ का अध्यक्ष नारायण बरालले  संयुक्त रुपमा सो समूहलाई २० घार माहुरीलगायत मह निकाल्ने मदानी बिहीबार प्रदान गर्नुभयो ।

उपमहानगरपालिकाको युवालक्षित कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा माहुरीसहितको घार उपलब्ध गराएको बताइएको छ । यसमा ५० प्रतिशत लगानी समूहको छ । सो समूहले राम्रो गरेमा माहुरीको बीउ स्रोत केन्द्रका रुपमा विकास गरिने नगरपालिकाको योजना छ ।  समूहले गरेको मागका आधारमा  माहुरी र घार उपलब्ध गराएको  जनाइएको छ । नगर प्रमुख वडले राम्रो गर्ने किसानलाई थप सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याउने धारणा व्यक्त गर्नुभयो ।