लागूऔषध सहित पक्राउ

लागूऔषध सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन ३०, २०७६

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ बेसीगाउँबाट नियन्त्रित लागूऔषध तथा मनोद्विपक पदार्थ बुप्रेनोर्फिन ६ सय ६० एम्पुल, डाईजेपाम ५ सय ९१ एम्पुल, फेनारगन ६ सय १५ एम्पुल, नाईट्राभेट ५ सय ४० ट्याव्लेट र नगद १ लाख ९४ हजार ५ सय रुपैयाँ सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–७ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बेसीगाउँ डेरा गरी बस्ने रवि भन्ने राजिव तामाङ र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–७ घर भएका २१ वर्षीय सरोज राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध तथा नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।