कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति  पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन ३०, २०७६

सप्तरी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सप्तरी डिमन बस्ने सुकदेव यादव र बिनोद कुमार यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
२०६२ असोज १७ गते सोही ठाउँ बस्ने दिलिप कुमार यादवको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार भएकामध्ये उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुनसरी ईनरुवा नगरपालिका९ स्थित लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।