निरन्तर उकालो लागेको सुनको भाउ तोलाकाे तीन हजारले घट्यो सुन

निरन्तर उकालो लागेको सुनको भाउ तोलाकाे तीन हजारले घट्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ३०, २०७६

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा तीन हजार रुपैयाँले घटेको छ ।

बिहीबार ८१ हजार ५०० रुपैयाँ मा कारोवार भएको  प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार गत मङ्गलबार तोलाका ८२ हजार ७०० रुपैयाँ मा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार २०० रुपैयाँ ले कमी आएको थियो भने बिहीबार ८०० रुपैयाँले घटेको थियो । चाँदीको मूल्यमा पनि रु ४० ले गिरावट आएको छ । आज असली चाँदीको मूल्य रु ८२० कायम भएको छ ।