‘परीश्रमी’ को ‘माया लाउँदा’को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

‘परीश्रमी’ को ‘माया लाउँदा’को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र १, २०७६

काठमाडौँ । डिलाईटेड नेपालको प्रस्तुतिमा रहेको गीतकार डीपी दाहाल ‘परीश्रमी’ को रचनामा नयाँ गीत माया लाउँदाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डिलाईटेड नेपालको आफ्नो  युट्युब च्यानल मार्फत बजारमा ल्याइएको सो गीतमा प्रसिद्ध सङ्गीतकार शम्भुजित बास्कोटाको सङ्गीत भर्नुभएको छ भने गीतमा लोकप्रिय गायिका मिलन अमात्यको स्वर रहेको जनाइएको छ ।
मायाप्रीतिकै कथावस्तु रहेको सो गीतमा आशिष दाहाल, करिश्मा ढकाल र सुदिप भट्टराईको अभिनय रहेको छ । गीत रोमान्टीक शैलीको रहेको छ ।

 यस भिडियोलाई नमराज घिमिरेले खिच्नु भएको हो भने सम्पादन, कलर, तथा निर्देशनको काम शक्ति प्रज्वल घिमिरेले गर्नु भएको  डिलाईटेड नेपाल जनाएको छ । 

‘माया लाउँदा’को म्युजिक भिडियो यहाँ हेर्न सकिन्छ ।