डिशहोमले विश्व चर्चित कोरियन गीत तथा सिरिज प्रशारण  गर्ने

डिशहोमले विश्व चर्चित कोरियन गीत तथा सिरिज प्रशारण  गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ३०, २०७६

ललितपुर ।विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको डिशहोमले जनाएकाे  छ ।

नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले KWorld   च्यानल सुरु गर्ने जानकारी दिएकाे छ । 

K-Pop, My Little baby, Richman, King in the love, Melting heart आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछ ।

डिशहोमका अनुसार यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ साथै DIshHome GO (OTT) App मा पनि यो च्यानल हेर्न सकिने छ ।

नेपाली टेलिभिजनको दर्शक माझ विभिन्न आफ्नै Exclusive च्यानलहरु संचालन गरिरहेको डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शक लाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको  जानकारी दिएकाे छ ।