डिशहोम  'सुनौलो तारा'   टेलिभिजन कार्यक्रम निर्माण तथा प्रशारणको तयारीमा

ललितपुर । नेपालमा नै पहिलो पटक निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गर्न  लागेकाे जानकारी  दिएकाे छ । 

डिशहोमका अनुसार  नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा वढी वालवबलिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले सुरु गरेको हो ।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखी प्रशारण शुरु हुने यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोमको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ । 

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रम लाई सिल्भर माउण्टेन स्कुल अफ  होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ ।

यस कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने सहभागीहरु लाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ साथमा अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने  जानकारी  दिइएकाे छ ।