लागूऔषध गाँजा सहित पक्राउ

लागूऔषध गाँजा सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ३, २०७६

सर्लाही । लालबन्दी नगरपालिका–१ लखनदेही खोलाबाट अवैध लागूऔषध गाँजा ११ किलो सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा महोत्तरी, महोत्तरी गाउँपालिका१ पर्सा बस्ने २४ वर्षीय सुनिल यादव र सोही ठाउँ बस्ने २९ वर्षीय राम प्रताप यादव रहेका छन् ।

ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले ज.३ प ६०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा सहित फेला पारी मोटरसाइकल चालक सुनिल र मोटरसाइकलमा सवार रामलाई पक्राउ गरेको हो । 
    
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।