न्युजिल्यान्डका पूर्वक्रिकेटर बिल पेलको निधन

न्युजिल्यान्डका पूर्वक्रिकेटर  बिल पेलको निधन
सन् १९५८ मा इग्ल्यान्डविरुद्धको खेल खेलेको न्युजिल्यान्डको क्रिकेट टिम । बिल पेल उक्त टिममा सदस्य थिए । तस्बिर : क्रिकबज डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २०, २०७५

काठमाडौं । न्युजिल्यान्डका पूर्वक्रिकेटर बिल पेलको ८० वर्षको उमेरमा निधन भएको छ । उनको अस्ट्रेलियाको साउथ वेल्समा निधन भएको हो । 

दायाहाते ब्याट्सम्यान पेलले न्युजिल्यान्डका लागि ६ वर्ष क्रिकेट खेल्नुभएको थियो । उहाँ सन् १९५८ देखि १९६३ सम्म राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहनुभएको थियो । उक्त अवधिमा उहाँले ८ टेस्ट खेल्नुभएको थियो, जसमा १५१ रन बनाउनुभएको थियो ।

उहाँले सन् १९५९ जुनमा इंग्ल्यान्डविरुद्धको टेस्ट खेलमा डेब्यु गर्नुभएको थियो । यो शृंखलाका पाँच खेलमा उहाँले ५१ रन मात्रै बनाउनुभएको थियो । तर, सिरिजको तेस्रो टेस्टमा उहाँले चार घन्टाको पारी खेल्नुभयो । उक्त पारीमा उहाँले १८ रन बनाउनुभएको थियो । 

त्यसपछि केही वर्ष उहाँ टिममा पर्नुभएन । तर, सन् १९६२–६३ मा इंग्ल्यान्डविरुद्धको टेस्ट खेलका लागि उहाँलाई पुनः बोलाइएको थियो । उक्त शृंखलाको  विलिङ्गटनमा उहाँले ६५ रनको पारी खेल्नुभयो । 

एजेन्सीको सहयोगमा