जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ३, २०७६

बाँके । १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका–२ आनन्दनगर बस्ने २८ वर्षीय चित्र बहादुर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई घरसम्म पुर्यातईदिन्छु भन्दै भे.१ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका४ गाबरस्थित होमस्टेमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।      

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।