आगलागीबाट धनमाल जलेर नष्ट

आगलागीबाट  धनमाल जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र ३, २०७६

काठमाडौं । पर्सा, जगरनाथपुर गाउँपालिका–५ मधुवा बस्ने बीरेन्द्र मुखियाको घरमा आइतबार बेलुका आगलागी हुँदा घर जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
    
धनुषा, मिथिला नगरपालिका–११ बाहुन मारा बस्ने मान बहादुर थापाको घरमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ । 
    
यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका–१२ कुवा बस्ने नथुनी मण्डलको कुखुरा फर्ममा करेन्ट सर्ट आइतबार राति आगलागी हुँदा कुखुरा फर्म जलेर करिब ५ लाख  रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
    
नवलपरासी(पूर्व्र्र्र्र्र्र), देबचुली नगरपालिका१३ दलदले चोकस्थित हरिदत्त सापकोटाको पसलमा केरन्ट सर्ट भई आइतबार राति आगलागी हुँदा पसलका सामानहरू जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।