असिनाले बेमौसमी तरकारी तथा खाद्यबालीमा पूर्णरूपमा क्षति

असिनाले बेमौसमी तरकारी तथा खाद्यबालीमा पूर्णरूपमा क्षति

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र ४, २०७६

सल्यान । कपुरकोट गाउँपालिकामा परेको असिनाको कारण बेमौसमी तरकारी तथा खाद्यबालीमा पूर्णरूपमा क्षति पु¥याएको छ । 

तरकारी खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको गाउँपालिकाका सबै क्षेत्रमा असिना परेर बेमौसमी तरकारी नष्ट पारेको कपुरकोट गाउँपालिका–१ बाँजबोटका बमबहादुर कँुवरले जानकारी दिनुभयो । ‘असिनाले १४ रोपनीमा लगाएको बेमौसमी तरकारी पूर्णरूपमा क्षति भएको छ, असिनाले वर्षभरिको आम्दानीको बाटो बन्द भएको छ ।’ उहाँले भन्नुभयो । कँुवरका अनुसार बाँजबोटमा रहेका २० घरपरिवारको करिब २०० रोपनीमा लगाएको तरकारी बाली नष्ट भएको छ ।

खुर्सानी, टमाटर, भेडेखुर्सानी, लसुन, काँक्रा, तितेकरेलालगायतका तरकारीमा पूर्णरुपमा क्षति पु¥याएको कृषक ओजबहादुर खड्काले जानकारी दिनुभयो । उहाँकाे १३ रोपनीमा लगाएकाे तरकारी खेती असिनाले सबै सखाप पारेको साथै बारीबाट एक केजी तरकारी आउने अवस्था पनि छैन । तरकारी सबै सखापभएपछि परिवारको गर्जो कसरी टार्ने साथै आम्दानीको बाटो बन्द भएकाे खड्काले जानकारी दिनुभयाे ।
  
कपुरकोट–३ पाखापानीका किसान भीमबहादुर बुढाले आफ्नो रु एक लाख ५० हजार बढीको तरकारी खेतीमा क्षति पुगेको जानकारी दिनुभयो । 'हाम्रो मुख्य पेशा भनेको यही तरकारी खेती थियो, छ रोपनीमा लगाएको काउली, टमाटर र केराउबाली सबै खत्तम भयो', उहाँ भन्नुभयो ।
 
कपुरकोट–५ का किसान पूर्भान पुनको फलफूल खेतीमा पनि क्षति पुगेको छ । असिनापानीले तरकारीको नर्सरी, प्लास्टिक घरको प्लास्टिकमा समेत क्षति पु¥याएपछि कृषक चिन्तित बनेका छन् ।

गाउँपालिकाका रिम, सिनवाङ, लेकसल्लामा, सारपानी गर्पा, धनबाङ, मूलपानीलगायतका क्षेत्रमा क्षति पु¥याएको कपुरकोट गाउँपालिाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिनुभयो । ‘तरकारीको बेर्ना बारीमा भर्खर सार्ने बेला भएको थियो, ठूलो असिना परेर सबै बालीनालीमा ठूलो क्षति पु¥याएको छ, यसबारेमा कसरी अगाडि बढ्ने भन्ने छलफल गरेर अगाडि बढ्छाैं’, उहाँले भन्नुभयो । करिब १० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको र सबै तथ्याङ्क सङ्कलन गरेपछि यथार्थ विवरण आउँछ अनि गाउँपालिाकाले रणनीति तयार गर्ने छ’, अध्यक्ष सेनले बताउनुभयो ।

बेमौसमी तरकारीका लागि प्रसिद्ध कपुरकोट क्षेत्रमा असिनाले पूर्णरुपमा क्षति पु¥याएपछि उत्पादन घट्ने निश्चित भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।