लागूऔषध सहित पक्राउ

लागूऔषध सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ४, २०७६

काठमाडौं । सर्लाही, हरिवन नगरपालिका–१ भोगटेनीस्थित बाटोबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ६ ट्याबलेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका–८ चापानी बस्ने २६ वर्षीय अनिल कुमार बल्मपाकी र सोही ठाउँ बस्ने २३ वर्षीय पारस खडका रहेका छन् । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले बा.५५ प ६७४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

रौतहट, मौलापुर नगरपालिका–५ पथराबाट अवैध लागूऔषध गाँजा करिब २ केजी, चरेश जस्तो देखिने वस्तु करिब २ सय ५० ग्राम र हरिणको सिंग १ थान सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मौलापुर नगरपालिका–३ बस्ने ३२ वर्षीय नरेश महतो र सोही ठाउँ बस्ने २२ वर्षीय बिरजान महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको ना.१४ प २५१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त  लागूऔषध र हरिणको सिंग सहित फेला पारी पक्राउ गरेको हो । 
    
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।