जुवातास खेलिरहेको अवस्थामा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ४, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका४ घर भई भक्तपुर ठिमी बस्ने ५० वर्षीय बुद्धि बहादुर राउत लगायत ६ जनालाई नगद ५३ हजार ९ सय ६५ रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।