चिर्पट प्रहार गरी घाइते बनाउने अभियोगमा पक्राउ

चिर्पट प्रहार गरी घाइते बनाउने अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ४, २०७६

नुवाकोट । शिवपुरी गाउँपालिका–१ पाटीभन्ज्याङ बस्ने २९ वर्षीय सागर तामाङलाई चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय रामलाल तामाङ भन्ने किर्ते तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाटीभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सागर तामाङलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।