घरेलु तथा मदिरा तथा ८ वटा भट्टी  नष्ट

घरेलु  तथा मदिरा तथा ८ वटा भट्टी  नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र ४, २०७६

बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, फेटा गाउँपालिका लगायतका स्थानहरूमा रहेका अवैध घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी तथा भट्टीबाट करिब ३ हजार १ सय ६० लिटर कच्चा पदार्थ र करिब १ सय लिटर तयारी मदिरा सोमबार प्रहरीले नष्ट गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बारा,  इलाका प्रहरी कार्यालय सिमरा, कोल्हवी, जितपुर र सिमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरीले उक्त भट्टी तथा मदिरा नष्ट गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।