नगद तथा सुनका गहना चोरी

नगद तथा सुनका  गहना चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ४, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका३ घर भएकी ५५ वर्षीया टिकामाया बुढाथोकीको कोठाबाट नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । 

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।