आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र ४, २०७६

काठमाडौं । दोलखा, जिरी नगरपालिका–९ ठुलोपातल बस्ने ४९ वर्षीय कामी तामाङको घरमा बिजुलीको तार सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर तथा घरभित्र रहेको नगद, अन्नपात, लत्ताकपडा लगायत बिभिन्न फर्निचरका सामानहरु समेत जलेर करिब ७ लाख रुपैयाँ  बराबरको धनमाल नष्ट भएको छ । 

मोरङ, उर्लाबारी नगरपालिका–८ आमबारी बस्ने नबिन सुब्बाको घरमा करेण्ट सर्ट भई सोमबार राति आगलागी हुँदा सुब्बा लगायत २ जना छिमेकीको घरमा समेत आगलागी भई करिब २७ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

धनुषा, कमला नगरपालिका६ सखुवामडान बस्ने बिजय महतोको किराना पसलमा बिद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।