बिग बैंगका व्याख्याता जर्ज गैमाेव

बिग बैंगका व्याख्याता जर्ज गैमाेव

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन २०, २०७५

काठमाण्डौ, आज ४ मार्च, प्रसिद्ध विज्ञानी जर्ज गैमोवको जन्म दिन हो । विज्ञान जगतको संसार उत्पत्ति विषयक सिद्धान्त ‘बिग बैंग’को चर्चा गर्दा जर्ज गैमोवको नाम अग्रपंक्तिमा आउँछ । 
जर्जको जन्म युक्रेन (तात्कालीन सोभियत संघ) मा भएको थियो । उनको शिक्षा ओडेस्सा विश्वविद्यालय सेंट पीटसवर्गमा भएको थियो । 

सन् १९४७ मा जर्ज गैमोवले लेखेको पुस्तक ‘वन, टु, थ्री....इनफिनिटि’ पुस्तक संख्या र ब्रम्हाण्डको परस्पर सम्बन्ध माथि केन्द्रित रहेको थियो । जर्ज गैमोवले लेमैत्र को ‘बिग बैंग’ सिद्धान्तको विकासमा महत्वपूर्ण

योगदान दिए । यसका साथै उनले तत्वको नाभिकीय संलयन (न्युक्लियर फिजन) तथा ताराहरुको निर्माणको अवधारणा बारे महत्वपूर्ण योगदान दिएका थिए । 

उनी एउटा सफल वैज्ञानिक हुनुका साथै लोकप्रिय विज्ञान लेखक र विशाल हृदयका धनी थिए ।