जिल्ला अस्पतालमा सहयोग सामग्री हस्तान्तरण

जिल्ला अस्पतालमा सहयोग सामग्री हस्तान्तरण

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र ५, २०७६

झिमरुक । जिल्ला अस्पताल बिजुवार प्युठानमा बिरामीका लागि सामग्री सहयोग गरिएको छ । नेपाली काँग्रेसका नेता एवं भूकम्प प्राधिकरणका पूर्व सि इ ओ डा. गोविन्दराज पोख्रेलको पहलमा अस्पतालकाे लागि उक्त सहयाेग गरिएकाे हाे । नर्भिक इन्टरनेशनल हस्पिटलका वसन्त चौधरीले सामग्री सहयोग गर्नुभएको हो ।  

चौधरीले सहयोग गरेका सामग्रीलाई आज पोख्रेल, प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिलगायतको उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो । अस्पताल आएका बिरामीका लागि सहयोग पुग्ने उद्देश्यले ३५ थान म्याटिक्स, ३५ थान कम्मल, ७० थान बेड सिट, ३५ थान सिरानी, गरी करिब र तीन लाख बराबरको सामग्री अस्पतालका निमित्त सुपरिटेन्डेन डा. अमृत पन्थीलाई पहलकर्ता डा पोख्रेलले हस्तान्तरण गर्नुभएको हो ।