लागूऔषध सहित पक्राउ

लागूऔषध सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ५, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित राजधानी गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध चरेश ६ केजी १ सय ५० ग्राम सहित भारत बिहारका ३६ वर्षीय अनवर अली गेष्ट हाउसको कोठा नम्बर ११५ मा जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  
    
पर्सा, पटेर्वा सुगौली गाउँपालिका–२ बैधनाथपुरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम, चरेश १ किलो र हाल पहिचान हुन नसकेको धुलो १ किलो ५ सय ग्राम सहित सोही गाउँपालिका–४ देउरवाना बस्ने ५० वर्षीय नुर आलम मियाँलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रंगपुरटाँडीबाट  खटिएको प्रहरीले उनलाई साईकलमा दाउरा ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै फरार अर्का व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । 
    
बाँके, नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध चरेश १ किलो २ सय ५० ग्राम सहित कालिकोट खाडाचक्र नगरपालिका(३ बस्ने २५ वर्षीया सुबिरा शाहीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
    
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।