नक्कली लेटरप्याड तथा छाप सहित पक्राउ

नक्कली लेटरप्याड तथा छाप सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ५, २०७६

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–५ राधेराधेबाट विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका७ हात्तीगौंडा बस्ने ५० वर्षीय  गोपाल बहादुर पुर्कुटीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली लेटरप्याड तथा छाप समेत बनाई चन्दा असुली गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले बिभिन्न पार्टी, संस्था र क्लवहरूको रबर स्ट्याम्प ७ थान, लेटरप्याडहरू, नगदी रसिद ११ थान, पेनड्राईभ १ थान र सिमकार्ड ३ थान समेत बरामद गरी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।