जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ५, २०७६

भक्तपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुलसीपुर नगरपालिका–४ घर भएका चाँगुनारायण नगरपालिका९ ताथलीस्थित हनुमान ईट्टाभट्टामा काम गर्ने ३० वर्षीय सुरेस बादीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बादीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले  उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।