नगद तथा सुनका गहान चोरी

नगद तथा सुनका गहान चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ५, २०७६

ललितपुर । ललितपुर महानगरपालिका४ बागडोलस्थित ईश्वर खतिवडाको घरबाट नगद १ लाख ९० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ५ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ । 
    
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।