आगलागीबाट विभिन्न धनमाल नष्ट

आगलागीबाट विभिन्न धनमाल नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र ५, २०७६

काठमाडौं । महोत्तरी, जलेश्वर नगरपालिका–७ महादेवपट्टी बस्ने खुर्सेद अंसारीको घर छेउ नजिकै राखेको परालको टालीमा मंगलबार दिउँसो आगलागी भई अंसारीको घरमा समेत आगलागी हुँदा करिब २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापा, कमल गाउँपालिका–५ बगर टोल बस्ने धन बहादुर बिकको घरमा बिद्युत सर्ट भई मंगलबार साँझ आगलागी हुँदा निज समेत ३ जनाको ३ वटा घर पू्र्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।