तपाईलाई विश्वास नलागे पनि विज्ञानले त यसो भन्छ

तपाईलाई विश्वास नलागे पनि विज्ञानले त यसो भन्छ

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  फाल्गुन २१, २०७५

पहिलो चित्रमा एउटा रकेट स्थिर अवस्थामा छ । दोस्रो चित्रमा रकेट प्रकाशको गतिको ८७ प्रतिशत गतिले अर्थात १ सकेण्डमा २ लाख ६१ हजार किमी. ले उडी रहेको छ । तेस्रो चित्रमा त्यही रकेटको गति प्रकाश गतिको ९९ प्रतिशत अर्थात २ लाख ९७ हजार किमि प्रति सेकेण्डको गतिले उडी रहेको छ । अन्तिम चित्रमा रकेटले प्रकाश गति सरह अर्थात तीन लाख किमी. प्रति सेकेण्डको गति प्राप्त गरी सक्यो । चित्रमा बुझ्नलाई धर्को देखाइएको भए पनि प्रकाशको गतिमा पुग्नासाथ कुनै वस्तुको अस्तित्व रहदैन त्यो वस्तु इनर्जीमा परिवर्तित हुन्छ । 
 

तपाईसँग एउटा मोटर छ, मानी लिनुस उसको लम्बाई दुइ मिटर छ । यो लम्वाई तपाईलाई कसरी ज्ञात हुन आयो ? 

झर्को नमान्नुस, शिवरात्रिको अघिल्लो दिन पशुपति पुगे पनि मैले गाँजा चरेश सेवन गरेको होइन । हुन त म ‘टी टोटलर’ होइन, तर आज चाहि सिगरेट बाहेक कुनै अन्य मादक पदार्थ मेरो जिह्वामा परेको छैन । 
लम्बाई कसरी ज्ञात गर्नु भयो तपाईले आफ्नो मोटरको, भन्ने मेरो प्रश्न तपाईलाई झूर लाग्छ सक्छ ! तर यो प्रश्न वाहियात होइन, विश्वास गर्नुस पढ्ने क्रममा तपाईलाई यस प्रश्नको औचित्य ‘प्रूभ’ हुनेछ । 

के तपाई मोटर गुडी रहेको बेलामा मोटरको लम्बाई नाप्न सक्नुहुन्छ ? तपाईको जवाफ  (मनमा बाहियात भनेपनि) सकिन्न, गुडेको बेलामा लम्बाई नाप्न सकिन्न भन्ने आउँछ । 

मोटरको लम्बाई, मोटर स्थिर रहेको बेला मिटर टेपले नाप्न कुनै किसिमको विशेषता आवश्यक पर्दैन । 
तर यदि म तपाईलाई भनौ, स्थिर अवस्थामा दुइ मिटर लामो भएको तपाईको मोटर गुड्दा दुईमिटर भन्दा सानो हुन पुग्छ । के तपाई मेरो भनाई पत्याउनुहुन्छ ? 

होइन, यो मेरो भनाइ होइन । आइन्सटीनको ‘स्पेशन रिलेटीभिटी थ्योरी’को निष्पत्ति हो । 

One of the peculiar aspects of Einstein's theory of special realtivity is that the length of objects moving at relativistie speeds underoes a contraction along the dimension of motion. An observe at rest (relative to the moving object) would observer the moving object to be shorter in length.

आइन्सटाइनको ‘थ्योरी’ अनुसार गति गरि रहेका वस्तुको आकार घट्छ । 

पर्खिनुस, पर्खिनुस यहाँनिर दिमागलाई ‘भेजा फ्राई’ गर्ने एउटा लोच्चा छ, मुन्नाभाईको दिमागमा भएको केमिकल लोच्चा जस्तै । 

हामीले अहिले सम्म गुड्ने वा उड्ने यन्त्रहरुमा कति गति हासिल गरेका छौ ? ल हेरौ त मोटरको तीन सय किमि प्रतिघण्टा मानौ, बुलेट ट्रेनको ६ सय किमि प्रति घण्टा । जहाजको १ हजार देखि दुई हजार पाँच सय किमि प्रति घण्टा र रकेट कै कुरा गर्ने हो भने ६० हजार किमि.प्रति घण्टा सम्म, यही नै हो विज्ञानले आर्जित गरेको अहिले सम्मको ‘मैक्सिमम स्पीड’ ।

हामीले अहिले सम्म गुड्ने वा उड्ने यन्त्रहरुमा कति गति हासिल गरेका छौ ? ल हेरौ त मोटरको तीन सय किमि प्रतिघण्टा मानौ, बुलेट ट्रेनको ६ सय किमि प्रति घण्टा । जहाजको १ हजार देखि दुई हजार पाँच सय किमि प्रति घण्टा र रकेट कै कुरा गर्ने हो भने ६० हजार किमि.प्रति घण्टा सम्म, यही नै हो विज्ञानले आर्जित गरेको अहिले सम्मको ‘मैक्सिमम स्पीड’ ।

यस ‘स्पीड’ले कुनै वस्तु गति गर्दैछ भने त्यसको आकार तपाईलाई सानो भएको देखिदैन । यसलाई तपाई अनुभव गर्न सक्नु हुन्न । वस्तुको लम्वाईत घटेको त हुन्छ, तर यो यति कम स्केलमा हुन्छ यसलाई मापन गर्न सकिन्न । वस्तुको आकारमा हामीले अनुभव गर्न सक्ने आकार परिवर्तन आउनलाई यो गति प्रयाप्त छैन । 

गुड्दा वस्तुको आकारमा (लम्वाईमा) आउने परिवर्तन्को वैज्ञानिक सूत्र 


  

 अब एक पटक पुनः माथिको चित्र हेर्नुस् । पहिलो चित्रमा एउटा रकेट स्थिर अवस्थामा छ । दोस्रो चित्रमा रकेट प्रकाशको गतिको ८७ प्रतिशत गतिले अर्थात १ सकेण्डमा २ लाख ६१ हजार किमी. ले उडी रहेको छ । तेस्रो चित्रमा त्यही रकेटको गति प्रकाश गतिको ९९ प्रतिशत अर्थात २ लाख ९७ हजार किमि प्रति सेकेण्डको गतिले उडी रहेको छ । अन्तिम चित्रमा रकेटले प्रकाश गति सरह अर्थात तीन लाख किमी. प्रति सेकेण्डको गति प्राप्त गरी सक्यो । चित्रमा बुझ्नलाई धर्को देखाइएको भए पनि प्रकाशको गतिमा पुग्नासाथ कुनै वस्तुको अस्तित्व रहदैन त्यो वस्तु इनर्जीमा परिवर्तित हुन्छ । 
    तपाईले धेरै ठाउमा पढ्नु भएको होला, विज्ञानको शब्दावलीमा, ‘असम्भव भन्ने केही छैन ।’ जीवनमा कति पटक तपाईले नै यो वाक्य दोहो¥याउनु भएको होला, तर मान्नुस यसमा सत्यता छैन । विज्ञानले प्रकाशको गतिले हिड्ने कुनै यन्त्र कहिले पनि बनाउन सक्दैन, यो विज्ञानले नै ‘प्रूभ’ गरेको कुरा हो । प्रकाशको गति अथवा यो भन्दा बढी गति प्राकृतिक रुपमा हुन सक्छ । तपाईले प्रयोग गरेको बिजुली, रिमोट, इन्टरनेट, रेडियो तरंग सबैसँग प्रकाशकै गति छ । तर विज्ञानले गुड्ने, उड्ने कुनै कुनै यस्तो यन्त्र बनाउन सक्दैन जुन प्रकाश गतिले गति गर्न सकोस् । अर्को कुनै लेखमा यसको सैद्धान्तिक पक्षबारे चर्चा गरौंला ।