लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ६, २०७६

लहान । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो ।
 
भारतबाट नेपालतर्फ आउँदै गरेको स१प ८३३१ नंको मोटरसाइकलमा लुकाइछिपाई ल्याइरहेको लागुऔषध डाइलेक्स डिसी १०० एमएलका ५० बोतलसहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।