कोभिड–१९ बाट बँच्न आतङ्कित हाेइन नमस्ते गरौँ, मन बलियो बनाऔँ

कोभिड–१९ बाट बँच्न आतङ्कित हाेइन नमस्ते गरौँ, मन बलियो बनाऔँ

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र ७, २०७६

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कोभिड–१९ बाट आतङ्कित नहुन आग्रह गर्नुभएको छ ।

कर्णाली प्रदेश अस्पतालका चिकित्सकसँग आज यहाँ भएको छलफलमा उहाँले कोरोना भाइरसबाट त्यत्ति डराइहाल्नु नपर्ने तर होसियारी बन्न सुझाउ दिनुभयो । यससँग जुध्न मनोबल बलियो बनाऔँ’, उहाँले भन्नुभयो, ‘विश्वभरि लोकप्रिय बन्दै गएको ‘नमस्ते’ नेपाली मौलिक अभिवादनमा जोड दिउँ ’
    
कोरोनाबारे सचेतना, रोकथाम, अध्ययन तथा अनुसन्धानका लागि विश्वविद्यालयको महत्वपूर्ण भूमिका हुने उपकुलपति प्राडा सिंहले बताउनुभयो ।  विश्वविद्यालयको जनशक्तिलाई नागरिकस्तरमा सचेतना जगाउनका साथै अनुसन्धानमा जोड दिन निर्देशन गरिएको उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ फिजिसियन डा केएन पौडेलले कोरोनाबाट बच्न रुघाखोकी लागेका मान्छेबाट दुई/तीन मिटर टाढा बस्न सुझाउनुभयो । ‘हातमुख राम्रोसँग धुनु, अनावश्यकरूपमा घरबाट बाहिर ननिस्कनु पनि यो रोग लाग्नबाट बच्ने उपाय हो’, उहाँले भन्नुभयो, ‘धेरै भीडभाड गर्ने र हात मिलाउने काम पूर्णरुपले बन्द गर्न सके हामी यो रोग सङ्क्रमण हुने समस्याबाट बच्छौँ ।’