जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ७, २०७६

काठमाडौं । उदयपुर, ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका७ बस्ने ४७ वर्षीय कुल बहादुर बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

ललितपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर बालकुमारी बस्ने सिन्धुली घर भएका २६ वर्षीय दिपक सार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।