आगलागीबाट जलेर धनमाल नष्ट

आगलागीबाट जलेर धनमाल  नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र ७, २०७६

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका–१० बिष्णुदेवीस्थित सोही नगरपालिका बिन्दाबासीनी बस्ने मकवानपुर थाहा नगरपालिका–७ घर भएका सुरेन्द्र खत्रीको लक्ष्मी कपास उद्योगमा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा कपास बनाउने मेसिन ३ थान तथा तयारी कपास जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
    
यसैगरी काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा सिरहा अठारी घर भई हरहरमहादेब बस्ने ३२ वर्षीय दिनेश कुमार ठाकुरको बालकृष्ण फर्निचरमा बिहीबार राति आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको काठपात जलेर नष्ट भएको छ । साथै आगलागीबाट स्थानीय टुकनाथ खनालको घरका सबै झ्याल ढोका, शारदा गौतमको घरको सबै झ्याल ढोका तथा पार्किङ गरी राखेको बा.३ ख ६५०७ नम्बरको मोटरसाइकलल आंशिक क्षति र बा.२ ज ४८२६ नम्बरको ट्याक्सीको ईन्जिन जलेर नष्ट भएको छ । 
    
ललितपुर, ललितपुर महानगरपालिका–१ तिम्लसिना चोकस्थित महोत्तरी घर भएका संदिप कोईरालाको सिद्धार्थ ईन्टरप्राइजेज रङ तथा हाड्वयेर पसलमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी हुँदा विभिन्न सामाग्रीहरु जलेर करिब १ करोड २५ लाख रुपैयाँ  बराबरको धनमाल नष्ट भएको छ । 
    
धनुषा, धनुषाधाम नगरपालिका–४ गोहियाही बस्ने रामहृदय चौधरीको घरमा फोहोर जलाउने क्रममा चौधरीको घरमा समेत बिहीबार दिउँसो आगलागी हुँदा घर जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
    
उदयपुर, उदयपुरगढी गाउँपालिका५ बस्ने थमान मगरको घरमा बिहीबार दिउँसो आगलागी हुँदा घर जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।