चैत २१ गतेसम्म सबै तहका अदालत बन्द रहने

चैत २१ गतेसम्म सबै तहका अदालत बन्द रहने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ७, २०७६

काठमाडाैं । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले यही चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीशसहित न्यायाधीशको आज बसेको बैठकले दुई हप्ता बन्दीप्रत्यक्षीकरणको मुद्दाबाहेक अरु सबैको सुनुवाइ नहुने गरी सर्वोच्च अदालतसहित सबै अदालत बन्द गरिने निर्णय गरेको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।