हिमालयका सबै अन्तरराष्ट्रिय उडान स्थगित

हिमालयका सबै अन्तरराष्ट्रिय उडान स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ७, २०७६

काठमाडौं । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने वायु सेवा प्रदायक कम्पनीले लगभग आफ्ना सबै अन्तरराष्ट्रिय उडान स्थगन गरेका छन् ।
    
निजी लगानीको हिमालय एयरलाइन्सले आफ्ना सबै अन्तरराष्ट्रिय गन्तव्यको उडान स्थगन गरेको हो । कम्पनीले आजराति अबुदाबीको अन्तिम उडान गरेपछि अबको केही समय कुनै पनि उडान नगर्ने भएको हो । कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै अन्तरराष्ट्रिय गन्तव्य मुलुकले पनि विशेष सावधानी अपनाएकाले कम्पनीले सबै गन्तव्यको उडान स्थगन गरेको कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले जानकारी दिनुभयो ।
    
हिमालयले कोभिडको शुरुआत भएको चीनका पाँचवटै गन्तव्यको उडान यसअघि नै स्थगन गरिसकेको थियो भने पछिल्ला दिनमा दैनिकजसो हरेक गन्तव्यको उडान स्थगन गर्दै आएको छ । कम्पनीले पछिल्लो पटक बङ्गलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, कतारको दोहा,  युएइको दुवई, अबुदाबी र साउदी अरेबियाको दमाम गन्तव्यको उडान स्थगन गरेको हो ।