धामी झाँक्री, झारफुक र ९५ प्रतिशत मानसिक रोगीका बिरामीको नियति

मानसिक रोग लागेपछि कहाँ जाने भन्नेबारेमा घर परिवारमा सरसल्लाह हुने गर्छ नेपालमा । सुरुमा सबैभन्दा पहिला धामी झाँक्रीकहाँ जाने चलन छ । किनभने हाम्रो पनि त्यसबेलामा संख्यामा कम थियो  र कहाँ जाने भन्नेबारे थाहा थिएन ।

त्यसले गर्दा मान्छेहरूको जनविश्वास त्यसप्रति थियो । धामीझाँक्रीहरूसँग जाने चलन थियो । काठमाडौंमा पनि प्रचुर मात्रामा ठाउँठाउँमा छन्, जसले गर्दा त्यहाँ ‘अप्रोच’ गरेको हुन्छ । अप्रोचका बारेमा मैले एउटा स्टडी पनि गरेको थिएँ, त्यसमा अप्रोच गर्दाखेरि मकहाँ आउनेहरू कति प्रतिशत उता गएका छन् भनेर हेर्दा पहिलो पटक मकहाँ अर्थात् 'साइकियाट्रिक' कहाँ जानुभन्दा पहिला धामीझाँक्रीकहाँ हेराउनका लागि ९५ प्रतिशत मानिस त्यहाँ पुगेका हुन्छन् । 

यसमा के छ भने, त्यसबाहेक पनि उसले कति पैसा खर्च गर्छ त ? धामी झाँक्रीकहाँ गएर कति पैसा खर्च गर्छ र हाम्रोमा आएर कति पैसा खर्च गर्छ भन्ने हिसाबकिताबको लागतमा गर्दाखेरि पनि धामीझाँक्रीकहाँ गएर झन् बढी पैसा खर्च गरेको हुन्छ । 

त्यहाँ पैसा खर्च गर्नेमा पूजाआजा गर्ने भन्छ, कालो कुखुरा काट्नुपर्छ भन्छ अनि कालो कुखुरा नपाएपछि कालो बोका  काट भन्छ र त्यसको पैसा महँगो हुने भयो । साथसाथै परेवा उडाउने भन्छ, त्यो पनि १ सयवटा, १ हजारवटा उडाउने भन्ने हुन्छ । त्यो परेवाको पैसा दियो, उडायो, फेरि पैसा थाप्यो । उनीहरूले ‘इम्प्रेसन’ पार्छन् । त्यसले गर्दाखेरि पनि उनीहरू आएर पैसा खर्च गर्ने हुन्छन् ।

अर्को मैले के गर्ने गरेको छु भने, पागल, विक्षिप्त भएका मान्छेहरू पहिला सुरुमा साइकोलोजिस्टकहाँ आउँछन कि पहिला धामीकहाँ बढी आउँछन्, एन्जाइटी, डिप्रेसन भएका बिरामीहरू सबैभन्दा पहिला हाम्रोमा आउँछन् कि धामीकहाँ धाउँछन् भन्ने कुरा स्टडी गर्दा पनि पागल भएका मान्छे सबैभन्दा पहिला धामीझाँक्रीकहाँ आएका छन् । जबकि एन्जाइटी, डिप्रेसन भएकाहरू सबैभन्दा बढी हाम्रोमा आएका हुन्छन् । 

धामी झाँक्रीकहाँ भन्ने मोहनी लाग्यो भन्ने कुराको संभावना छ कि छैन ? हाम्रो समाजमा चलन चल्तीमा छ । यस कारण अरूसँग लागेको छ भनेर गरिदिन्छन् । अरूले बिगार गरिदियो भनेर भन्ने चलन छ तर अरूले बिगार गर्न सक्ने हुँदैन । त्यस्तो विद्या त छैन नि त ! जस्तो कि मैले तपाईंलाई बिगार गर्ने, तपाईंले अरू कसैलाई बिगार गर्ने । त्यतिकै हेरेको भरमा कुनै एउटा चिज बनाएर बिगार गर्ने भन्ने कुरा त हुनै सक्दैन नि ! 

यसबाट के बुझिन्छ भने पागल भएको मान्छेलाई देख्नेवित्तिकै यसलाई कसैले लगान गरेको हो, कसैले बिगार गरिदिएको हो भन्ने कुरा त्यसमा विश्वास गरेर त्यसलाई झारफुक गर्नेकहाँ जाने गरेका पाइन्छ । हामी नेपालीमा अरूले बिगार गरिदिएको छ भन्ने कुरा छ । त्यस कारणले गर्दा पनि धामीकहाँ गएर फुकफाक गर्ने चलन रहेको छ । आखिर यो हुने त होइन । 

आजकलको जमानामा कसले कसलाई बिगार गर्न सक्छ र ? अरूलाई बिगार गर्न सक्ने विद्या त छैन । त्यसैले गर्दा मान्छेले नबुझेर गरेको मात्र हो यो । समाजमा विश्वास त छ तर कसरी हटाउनका लागि एजुकेसनले गर्दा विस्तारै विस्तारै कम हुँदै जान्छ । काठमाडौंको र अरू ठाउँको परिप्रेक्ष्यलाई हेर्ने हो भने अलिकति सचेतना आइसकेको छ । 

बाहिरतिर त त्यही पनि एक पटक धामीझाँक्रीकहाँ गइहालौँ, झारफुक गरिहालौँ भन्ने मानसिकता भएको हुन्छ र पैसा धेरै खर्च गराँउछन् । निको पनि भएन, लामो पनि भयो, दीर्घरोगी भएर बस्ने अवस्था आयो । त्यो समस्या धामीझाँक्रीकहाँ गएर आयो नि त ! 

यहाँ आउँदा अलिकति औषधिको कष्ट बढी हो, खासै अरू बढी कुरामा पैसा खर्च हुँदैन । त्यसले उसको ‘क्वालिटी अफ लाइफ’ पनि चेन्ज हुन्छ । औषधि गरेपछि आफ्नोे व्यवसाय सुरु गर्न सक्यो, राम्रो गर्न सक्यो भने त्यो पनि त राम्रो भयो । तर, उता धामीकहाँ गयो भने ठीक पनि नहुने, पैसा पनि खर्च हुने साथै दीर्घरोगी पनि भएर बस्ने अवस्था हुन सक्छ । यो हामीलाई ठूलो चुनौतीको रूपमा देखिएको छ । 

अब के गर्ने त ? उता, उनीहरूले आफ्नै किसिमको उपचार गर्न थालेका हुन्छन् । यसरी आइरहेका हुन्छन् । यतिसम्म कि यहाँ कति जना आफूलाई नक्कली चिकित्सकहरू पनि आएका छन् । म मानसिक रोगलाई ठीक गर्न सक्छु भनेर आफूले आफैँलाई साइकोलोजिस्ट भनेर उपचार गर्नेहरू पनि धेरै जना आएका हुन्छन् । 

त्यस्तो ठाउँमा गएर पैसा बढी खर्च गरेर बसेका मान्छेहरू पनि मैले धेरै देखेको छु् । यसले गर्दा त्यहाँ एक पटकको भिजिटमा पनि १८ देखि २० हजार रुपैयाँसम्मा खर्च गरेर उपचार गरेका हुन्छन् । त्यस्तोलाई कसले ‘मनिटर’ गर्ने भन्ने कुरा मैले अझैसम्म बुझेको छैन । 

नेपाल सरकारमा डाक्टरहरूले ५ सय रुपैयाँ फि लियो भने बढी लियो भनेर कराउने हुन्छ, त्यहाँ ल्याउँदा भने केही पनि मतलब हुँदैन । हाम्रो नेपालको ‘सिनारियो’मा यस्तो चलन रहेको देखिन्छ । 

मानसिक रोग लागेर मान्छे मर्ने त होइन तर यसले सताउँछ, घरपरिवारमा राम्रो गर्दैन र उसले आफ्नो आयआर्जन गर्न सक्दैन । रोग त जस्ताको तस्तै भई नै रहन्छ । रोग लामो समयसम्म रहिरहेपछि उसलाई निकै समस्याहरू निकाल्न थाल्छ । 

साइकोलोजिस्टकहाँ जाँदा ल्याबको आवश्यक्ता पर्छ कि पर्दैन ? साइकोलोजिस्टकहाँ भनेको रगत टेस्ट गर्ने जस्तो काम हुँदैन । साइकोलोजिकल टेस्टिङहरू मात्र हुन्छन् । मनको कुरा, भाव बुझ्नका लागि हामीले त्यही खालको टेस्टहरू गर्छौं । त्यसबाट उसको मनको कुरा के भएको छ, कस्तो भएको छ भन्ने र उसका बिचारहरू कस्ता छन् भनेर बुझ्न सक्ने अवस्था हुन्छ ।

चिकित्सकलाई नै बिरामीले ढाँट्न सक्छ कि सक्दैन ? भन्दा ढाँट्ने भन्ने कुरा त हुँदैन तर उसको साइकोलोजिकल इन्टरप्रिटेसन भन्छौँ हामी, त्यसमा उसका बिचारहरू कस्ता आइरहेका छन् भनेर थाहा पाउने हुन्छ । जस्तो कि एउटा मान्छेले के गर्छ भने वा एउटा श्रीमानले मेरी श्रीमती अलच्छिना छ, अरूसँग लागेकी छ भनेर उसले दोष दिन्छ र उसलाई पिट्ने, कुट्ने जस्ता कामहरू गर्न थाल्छ । यो देखिने एउटा पार्ट हो । त्यसको ब्याकग्राउन्डमा यसले यो किन गर्‍यो त ? के कारणले गर्‍यो त ? श्रीमतीभित्र कहीँ कतै केही पनि छैन भने उसले साइकोलोजिस्टको इन्टरप्रिटेसनमा जाँदा यो उसकी श्रीमतीलाई उसको यौन इच्छामा कमी भएका कारण हुन्छ । 

यौन इच्छामा कम भएपछि यौन सम्पर्क गर्न सकेनन् र त्यस कारणले गर्दा श्रीमती अरूसँग लागी त्यसैले गर्दा यसलाई इच्छा भएन र मलाई पनि भएन, यस कारणले गर्दा यो समस्या भएको हो भनेर उसलाई दुःख दिन्छ । या त अर्को एउटा 'पार्ट' के हुन सक्छ भने, उसको यौन इच्छा अत्यधिक मात्रामा तीब्र भएको छ । उसलाई सन्तुष्टि दिन सकेन भने यो अरूसँग लागेर आई भनेर उसलाई दोष दिन्छ । 

भनेपछि हामीले ब्याकग्राउन्डमा बुझ्ने कुरा भनेको त्यस्तो हुन्छ । यो किन भयो भनेर भन्दा बाहिर एउटा देखिने हुन्छ र भित्र अर्को कुरा भइरहेको हुन्छ । हामीले हेर्ने भनेको जहिले पनि भित्रको कुरा के छ भनेर हो । त्यो भित्रको कुरा बुझ्ने हो । त्यसैले अरू साइकोलोजिस्टकहाँ जाँदा छाती दुख्यो भनेर आउँछ वा मुटु दुख्यो भनेर आउँछ । मुटुरोग विशषेज्ञले औषधि लेखेर पठाइदिएको हुन्छ तर हामीले हेर्ने भनेको उसको मुटु दुखेको छ, सबै जाँच गरेर हेर्दा केही भएको छैन भने उसको चित्र सामाजिक कलह, टेन्सन, चित्त नबुझेका कुराहरू, श्रीमान–श्रीमतीको झगडा या आर्थिक अवस्था कमजोर भएको समस्या या कुनै किसिमको ‘स्ट्रेस’ जुन छ, त्यो स्ट्रेसको कारणले गर्दा उसलाई दुखिरहेको हुन्छ ।

धामी झाँक्रीकहाँ भन्ने मोहनी लाग्यो भन्ने कुराको संभावना छ कि छैन ? हाम्रो समाजमा चलन चल्तीमा छ । यस कारण अरूसँग लागेको छ भनेर गरिदिन्छन् । अरूले बिगार गरिदियो भनेर भन्ने चलन छ तर अरूले बिगार गर्न सक्ने हुँदैन । त्यस्तो विद्या त छैन नि त ! जस्तो कि मैले तपाईंलाई बिगार गर्ने, तपाईंले अरू कसैलाई बिगार गर्ने । त्यतिकै हेरेको भरमा कुनै एउटा चिज बनाएर बिगार गर्ने भन्ने कुरा त हुनै सक्दैन नि ! 

त्यस्तो विद्या त छैन तर नभएको चिजको जनविश्वास भने छ । यस्तो गर्न सक्छ भन्ने कुराले गर्दा घर परिवारमा जेठानी र देवरानीमा झगडा गराइदिएर हिँड्छन् अनि उसले उसलाई बिगार गरेर हो भन्ने हुन्छ । अहिले प्रायजसो दाजुभाइहरू मिलेका हुन्छन् तर जेठानी र देवरानी मिलेका हुँदैनन् भने आफ्नो बच्चालाई यो जेठानीले बिगारेको हो भनेर दोष दिने जस्तो चलनले गर्दा झन् त्यसले समस्या पारिदिन्छ । 

घर परिवारमा मैले देखेको पार्ट यो अहिले आइरहेको छ । यसले, उसले या त छिमेकीले बिगार गरेको भनेर छिमेकीलाई दोष दिने हुन्छ । तर, आफूले राम्रोसँग ‘केयर’ गर्न नसकेको, आफूले राम्रोसँग हेर्न नसकेको कुरा देखाउँदैनन् र अरूलाई दोष दिइरहेका हुन्छन् ।

आफूमा भएको कमजोरी ढाकछोप गर्ने र अरूले गरिदियो भनेर त्यो चिज अरूलाई इन्टरप्रिट गरेका हुन्छन् । यो साइकोलोजिकल इन्टरप्रिटेसन त्यस्तो खालको हुन्छ अनि हामीले हेर्ने त्यो खालको टेस्टिङ मटेरियलहरू हुन् ।

म गर्न सक्छु भनेर धामीझाँक्रीहरूले भ्रमको व्यापार गरिरहेका छन् त ?

गर्न नसक्ने कुरा गर्छु भनेर गर्ने त व्यापार त हो । एउटा कुरा के भने उनीहरूमा एउटा ‘कन्भिन्सिङ क्यापासिटी’ हुन्छ । मैले देखेको राम्रोसँग कुरा गर्न सक्छन् उनीहरू । साँच्चै नै बिरामीका कुराहरू बुझिदिएको जस्तो गरेर कुरा गर्न सक्छन् ।

त्यसले उसलाई क्षणिक रूपमा राम्रो त गर्छ । तपाईंलाई पनि एकदम दिक्क लागेको बेलामा, मन दुखेको बेलामा कसैले आएर राम्रोसँग मीठो कुरा गरिदियो, ढाडस दियो, सपोर्ट गर्‍यो भने तपाईंलाई राम्रो लाग्दैन र ? उसले गर्ने पनि त्यही हो । त्यति गरे पनि राम्रो भई हाल्यो । 

र अन्तमा, 

धामी झाँक्रीले भन्दैमा कोही मानसिक रोगी हुने हाेइन् । कसैले हेरेको भरमा र चाहेको  भरमा बिगार्न वा बिरामी पार्न सम्भव छैन ।  मानिसले पारिवारिक तनाव, सामाजिक दबाब तथा  विभिन्न खाले त्रास र समस्याका कारण मानसिक रोगी हुने हो । अतः यस्तो रोग लाग्न साथ धामी झाँक्रीकोमा होइन, मनोचिकित्सककोमा जानुपर्छ र जानको लागि सल्लाह  दिनु उपयुक्त हुन्छ ।


 


लेखक मनोरोग चिकित्सक संघकका अध्यक्ष तथा काठमाडाैँ मेडिकल कलेजको मनोरोग विभागका प्रमुख हुनुहुन्छ ।