छक्का पञ्जा ३  अव डिशहोम सिनेमा घरमा

छक्का पञ्जा ३  अव डिशहोम सिनेमा घरमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र ८, २०७६

ललितपुर । दर्शक द्वारा अत्याधिक रुचाईएको लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३  डिशहोमको सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन डिशहोमले जनाएको छ । ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तिन वर्ष देखी सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यि दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गर्छ । 

डिशहोमले संचालनमा ल्याएको सिनेमाघरमा सिनेमाहलको पहुँच  नभएका दुर दराजका ग्राहकहरुले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् । ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने पनि डिशहोमले जनाएकाे छ ।