भगवती रोका 'भूमिका'का  दुई मुक्तक

भगवती रोका 'भूमिका'का  दुई मुक्तक

भगवती रोका 'भूमिका'  |  साहित्य  |  चैत्र ८, २०७६


तिर्खा लाग्दा पानी माग्यौ कुवा बनीदिएँ
जाडो हुँदा न्यानो माग्यौ भुवा बनीदिएँ ।
आफू पुरै रित्तिएर जे जे माग्यौ त्यही दिएँ
तिमिलाई जीताउन खालको जुवा बनीदिएँ

तिम्रो मेरो सम्बन्धको चर्चा चलेको छ 
बजारमा हल्लैहल्लाको पर्चा चलेको छ ।
जान त गयौ तर सारा याद छोडी गयौ
त्यसैले जीवन ज्यूने खर्च चलेको छ ।।