राजपुरमा १५ श्ययाको अस्पताल बन्ने

राजपुरमा १५ श्ययाको अस्पताल बन्ने

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र ९, २०७६

तुलसीपुर । दाङको विकटमा रहेको राजपुर गाउँपालिकामा पनि १५ श्ययाको अस्पताल बन्ने भएको छ ।

प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने सरकारको नीतिअनुसार बालुवाडाँडामा  अस्पताल बनाउने तयारी थालेको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभयो । ‘सरकारले प्रत्येक स्थानीय तहमा १५ श्ययाको  अस्पताल बनाउने योजन अघि सारेको छ’, उहाँले भन्नुभयो, ‘सोहीअनुसार हामीले निर्माणको कामलाई अघि बढाएका छौँ ।’ 

साथै गाउँपालिकाका प्रशासनीय भवन पनि निर्माणको प्रक्रिया अघि बढेको अध्यक्ष केसीले बताउनुभयो । गाउँपालिकाका प्रत्येक शाखाहरुका लागि पनि छुट्टै संरचना नहुँदा समस्या भएको भन्दै त्यसका लागि पनि गाउँपालिकाले प्रक्रिया अघि बढाएको उहाँको भनाइ छ । ‘अहिले हाम्रा शाखा पनि एकै ठाउँमा छन्, भवन साँघुरा भएका छन्, यसले गर्दा सेवा प्रवाहमा समस्या हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘यी शाखाको व्यवस्थापन गर्नतर्फ पनि हामीले पहल अघि बढाएका छौँ ।’