सुन तथा नगद चोरी

सुन तथा नगद चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ९, २०७६

ललितपुर । ललितपुर महानगरपालिका–१५ कुसुन्ति डेरा गरी बस्ने दोलखा चरीकोट नगरपालिका–७ घर भएकी मिठु केसीको कोठाबाट शनिबार राति कोही नभएको अवस्थामा ७ तोला सुनका विभिन्न गहना र नगद ७५ हजार रुपैयाँ समेत गरी करिब ५ लाख ९७ हजार ५ सय रुपैयाँ  बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।