आगलागीबाट जलेर धनमाल नष्ट

आगलागीबाट   जलेर  धनमाल नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र ९, २०७६

काठमाडौं । सर्लाही, बिष्णु गाउँपालिका–३ बस्ने तुला महरा र सोही ठाउँ बस्ने राम सोभित रामको घरमा शनिबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा दुवै जनाको गरी करिब ३ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुनसरी, बराहा क्षेत्र नगरपालिका११ मधुबन बस्ने आलम खानको घरमा आइतबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
    
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
 छ ।