कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न आग्रह

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न आग्रह

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ९, २०७६

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिङ्गो पार्टी पंक्ति र  जनसमुदायमा आग्रह गर्नुभएको छ ।

अध्यक्ष दाहालले आज प्रेस नोटमार्फत कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गर्दै  पार्टी र सरकारले लिएका नीतिगत र व्यावहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले  कोरोना भाइरसको सङ्क्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउनेतर्फ आफ्नो पहल बढाउन सरकारलाई अनुरोध गर्नुभएको छ । यस्तै उहाँले जोखिमसँग जुध्न राष्ट्रिय एकता र उच्च मनोबलका साथ लागिपर्न र यसको सामना गर्न पनि सबैमा अनुरोध गर्नुभएको  छ ।