भारत–अस्ट्रेलिया क्रिकेट : अस्ट्रेलियासामु दुई सय एकाउन्न रनको चुनौती

भारत–अस्ट्रेलिया क्रिकेट : अस्ट्रेलियासामु दुई सय एकाउन्न रनको चुनौती
सट प्रहार गरेपछि रन लिने प्रयास गर्दै भारतका कप्तान विराट कोहली (नीलो) र विकेटकिपिङ गर्दै अस्ट्रेलियाका एलेक्स क्यारी । तस्बिर : क्रिकबज डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २१, २०७५

काठमाडौं । भारतमा जारी क्रिकेट शृंखलाको दोस्रो एक दिवशीय खेलमा भारतले अस्ट्रेलियासामु दुई सय ५१ रनको मध्यम चुनौती पेश गरेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ४८.२ ओभरमै अलआउट हुँदै दुई सय ५० रन मात्रै बनायो । टिमका लागि कप्तान विराट कोइलीले १ सय १६ रनको पारी खेले, जसमा उनले १० चौका प्रहार गरे । यस्तै अलराउन्डर विजय शंकरले ४६ रनको योगदान दिए । उनले आफ्नो पारीमा ५ चौका र एक छक्का प्रहार गरे । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

भारतको पारीलाई अस्ट्रेलियाका प्याट कमिन्सले ध्वस्त पारे । उनले ९ ओभरमा दुई मेडन राख्दै २९ रन खर्चेर चार विकेट लिए । खेलको पहिलो ओभरमै उनले रोहित शर्मालाई शुन्यमै आउट गरेका थिए ।

यस्तै, एडम जम्पाले दुई विकेट लिए । 

अस्ट्रेलियाले केही बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।