नेपालमा पनि एक जनालाई कोभिड–१९ पोजेटिभ भएको पुष्टी

नेपालमा पनि एक जनालाई कोभिड–१९ पोजेटिभ भएको पुष्टी

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र १०, २०७६

काठमाडौँ । फ्रान्सबाट कतार हुँदै  चैत्र ७ गते शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । 

  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाले जानकारी दिनुभयो ।  फ्रान्समा अध्ययनरत १९ वर्षीइ छात्रा रहेको  जानकारी दिइएको छ । 

 उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।