कोरोना उपचार कोषमा रकम जम्मा गर्न अनुरोध गर्‍याे सरकारले

कोरोना उपचार कोषमा रकम जम्मा गर्न अनुरोध गर्‍याे सरकारले

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १०, २०७६

काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न अनुरोध गरेको छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव राजेन्द्रकुमार पौडेलले आज सूचना जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९ ० को सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एव नियन्त्रणका लागि इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खातामा रकम जम्मा गर्न अनुरोध गर्नु भएको हो । 

सरकारले सिंहदरबारमा खोलेको खाता नम्बर १९६०००००११०१ रहेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सो कोष खडा गर्ने निर्णय गरेको हो ।

सो कोषमा मन्त्रीहरुले एक महिनाको  तलब बराबरको रकम राख्ने निर्णय भइसकेको छ ।