कोरोना सामान्य भएको १५ दिनभित्र किस्ता बुझाए बिमामा व्याज नलाग्ने

कोरोना सामान्य भएको १५ दिनभित्र किस्ता बुझाए बिमामा व्याज नलाग्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र ११, २०७६

बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न सरकारले ‘लकडाउन’ गरेको अवस्थामा सो अवधिका लागि बीमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको छ । 
समितिले सूचनामार्फत निर्जीवन बीमा कम्पनीहरुले बीमालेखको अवधि समाप्त हुनुअघि नै बिमितलाई पर्याप्त सचूना उपलब्ध गराई सूसुचित हुने व्यवस्था गरिएको साथै बीमालेख जारी गर्दा वा नवीकरण गर्दा जुनसुकै माध्यमबाट बीमा शुल्क सङ्कलन गर्ने व्यवस्था समेत गरिएको जनाएको छ । 
यसैगरी जीवन बीमा कम्पनीतर्फ हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था समेत गरिएको छ ।