कोरोना नामको प्रकोपः पूर्वतयारीका २ महिने मौका  र हाम्रो आँकलन
चैत्र १२, २०७६

अहिले नेपाल लकडाउन छ  । कोरोना भाइरसले आक्रान्त बनेको चीन पुरानो सामान्य अवस्थामा फर्किँदै छ भने चीन छट्पटीमा हुँदा नेपथ्यमा बसेर हेरेका देशहरूमा कोरोना भाइरसले बल्ल ठूलो समस्याको रूप लिँदै छ ।

नेपालमा फ्रान्सबाट आएकी एक नेपाली युवतीलाई कोरोना देखिएपछि सरकारले अलिक कदह्रो कदम उठाउन बाध्य भएको हो  ।  अत्यावश्यक अवस्था र अत्यावश्यक वस्तु खरिदका लागिबाहेक बाहिर निस्किन नपाइने गरी लकडाउनको घोषणा गरिएको छ ।  पहिलो दिन बिहानैदेखि सडक प्राय: सुनसान देखिन्थे । तर, फाट्टफुट्ट स्कुटर र मोटरसाइकल गुडेको आवाज नसुनिएका पनि होइनन् ।

बेलाबेलामा मान्छे सडकमा बोलेको सुनिन्छ । यो रोग/भाइरस जुन गतिमा विश्वभर फैलिँदै गएको छ, यो गतिलाई हेर्ने हो भने हाम्रो अल्पविकसित देशमा निकै ठूलो मात्रामा हताहत हुने संंभावनालाई नकार्न सकिँँदैन । 

जनवरी ७ मा म जाडोको डेढ महिनाको बिदामा चीनबाट नेपाल आएको थिएँ ।  म नेपाल आउँदासम्म कोरोनाको सामान्य केही हल्लासम्म थिएन । विस्तारै कोरोना भाइरसको समाचार फैलिन थाल्यो । यस्तो महामारी होला भन्ने हामी जस्तो सामान्य मानिसलाई लागेको थिएन । सुरुसुरुमा मौसमी रुघाखोकी जस्तै होला भन्ने लागेको थियो । औषधि पत्ता लागिहाल्छ भन्ने सोचेको थियौँ ।  

लाइक र कमेन्टको लोभमा जे पायो, त्यही नलेखौँ । यो विषम परिस्थितिमा भगवान्, येसु, अल्लाह, बुद्धसँग प्रार्थना एक्लै आफ्नो घरबाट गरौँ, जमघट गरेर प्रार्थना नगरौँ । रोगले जात, धर्म, वर्ण, लिंंग, भाषा, भूगोल, राष्ट्रियता र साम्प्रदायिकता हेर्दैन भनेर पुष्टि भइसकेको छ ।

तर, जब २३ जनवरी मा चीनले वुहान शहर लकडाउन गर्‍यो, तब बल्ल यो रोगलाई अलिक गम्भीर प्रकृतिको रहेछ भन्ने रूपमा लिन थालियाे ।

हुबेइ प्रान्तको राजधानी वुहान र वरपरको शहरमा एकाएक लकडाउन गरिएको समाचार आउन थाल्यो ।  लगभग ५ करोड ७० लाख मानिसहरू विना केही सूचना आआफ्नो घरमा थुनिएको समाचार सुन्न र पढ्न बाध्य भइयो । 

यो जनसंंख्या भनेको नेपालको कुल जनसंंख्याभन्दा २ गुणा ठूलो हो । वुहान घुम्न आएका बाह्य र आन्तरिक पर्यटक पनि लकडाउनमा परे । चिनियाँ सरकारले कोरोना भाइरस फैलिएको त्यस घडीमा हरनागरिकको जिम्मेवारी घरमा बसेर, अन्य मानिसहरूलाई नभेटेर, कोरोना फैलिन सक्ने कुनै कार्यहरू नगरी आफ्नो घरमा बस्न आदेश दियो, जुन त्यहाँका जनताले सर्वोपरि रूपमा लिए र पालनासमेत गरे ।  

जनताले आफ्नो कर्तव्य पूरा गरे र राष्ट्रले आफ्नो दायित्व निर्वाह गर्‍यो । 

जनसङ्ख्याको घनत्व निकै धेरै भएको उक्त शहरमा चिनियाँ सरकारले त्यहाँका जनतालाई चाहिने रासन-पानीको अभाव हुन दिएन । प्रत्येक ठाउँहरूमा पुलिसले सीसीटीभी हेर्दै निगरानी  गरिरह्यो । घरबाट बाहिर निस्किएका मानिसलाई ड्रोनबाट घर जान अपिल गर्‍यो भने नटेर्नेलाई पुलिसले समातेर लैजाने कामसमेत गरेको थियो ।

वुहान मात्र होइन, अरू प्रान्तका मानिसहरूलाई पनि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले आदेश दियो ।  विदेशी विद्यार्थीलाई उसको कोठामा खानाको पुर्‍याउने व्यवस्था मिलायो । त्यति विशाल देशले कोरोना भाइरसलाई निकै चाँडो नियन्त्रण राख्न सफलता मिल्यो । चीनमा भन्दा इटालीमा धेरै मान्छे मर्नुले पनि चीन सफल भएको मान्न सकिन्छ । 

हाम्रो मिडियालाई चीनले आठ दिनमा १६ सय शय्याको अस्पताल बनायो भन्ने खबर प्रिय त बन्यो तर किन ? कसरी बनायो ? भन्नेतिर न सरकारलाई ध्यान भयो, न त मिडियालाई ध्यान गयो ।

यो रोग कति जटिल रहेछ भन्ने त चिनियाँहरूले नयाँ अस्पताल बनाएको रफ्तारले नै थाहा हुनुपर्ने हो । यही सिमानाको सँधियार देशमा फैलिएको रोगका बारेमा समयमा हामीले तयारी गर्न सकेनौँ । एक हिसाबले भन्दा कसैले पनि यो समस्याप्रति वास्ता नै गरेनौँ ।

२०७२ सालको भूकम्प त अचानक आएको थियो । त्यस्तो अवस्थाको आ‌ँकलन र तयारी नहुनु स्वाभविक हो । तर, यो कोरोना नामको प्रकोपले त दुई महिनाभन्दा बढी समय हामीलाई तयारी गर्न मौका दिएको थियो  र यो रोगले नेपालमा महामारीको रूप लिन पनि सक्छ भने हामीले कल्पना नगरेको क्षति हुन सक्छ भन्ने कुरामा अनुमान गर्न चुकेक‍ अवस्थामा हामी रह्याैँ ।   

इटालीमा स्थिति झन् भयाभव बन्दै छ । बिरामी निकै धेरै तर उपचार गर्न मानव स्रोत र मेसिनहरू सीमित भएको अवस्था छ । डाक्टर र सरकारले मान्छेको भविष्यको सामाजिक र आर्थिक हैसियतअनुसार जीवनको मोल गरी धेरै मोल भएको जिन्दगीलाई बचाउने र थोरै मोल भएको मानिसलाई मर्न दिने अवस्था सिर्जना भएको छ ।

६० वर्षभन्दा माथिका मानिसहरूलाई उपचार नै नगर्ने निर्णय हुनु आफैँमा दुखद् खबर हो ।  यो निर्णय लिनुपर्ने मानिसलाई कति ठूलो बोझ भएको होला । 

यो अहिलेको परिस्थितिमा व्यावहारिक सही तर निकै क्रूर निर्णय हो । परिस्थितिको गम्भीरता नबुझ्दा इटाली जस्तो विकसित देशले त कोरोनाको अगाडि घुँडा टेक्दै छ । दुखद् कुरा के हो भने, हामी दिनदिनै गफ गर्दा आज यति जना मरे, जम्माजम्मी यति जना मरे भनेर गफ गरिरहेका छौ । हामीलाई तथ्यांंक सबै थाहा छ तर यो केवल बुद्धिविलासका लागि काम लाग्यो । त्यस्तै तथ्यांंक नेपालको नआओस् भनेर न सरकारको तदारुकता देखियो, न त जनता आफैँँ सचेत भएको अवस्था छ । 

भारतमा पनि यो रोग तेस्रो चरणमा मात्र पुगेको हो । तेस्रो चरणदेखि यो रोग निकै घतान्कीय (exponential) शैलीले फैलिइरहेको छ । हाम्रो देशका कैयन् खुला सीमाबाट रोग नेपाल भित्रिन सक्ने जोखिम कायम छ । आफ्नो र आफ्नो परिवारको सुरक्षाका लागि घर बसौँ, तनाव नलिऔँ । अनावश्यक र अनर्गल दुष्प्रचार र भ्रामक समाचार वा तथ्यांंक सम्प्रेषण गरी आममानिसहरूलाई मनोवैज्ञानिक त्रास नदिऔँ ।  

यो रोगले बुढाबुढीहरूलाई छिटो गलाउँछ, सबैले आफ्ना हजुरबुबा, हजुरआमा र बुबाआमाका बारेमा सोचौँ । सफा र सुरक्षित  हुने बानी बसालौँ ।

यो अप्ठ्यारो बेलामा सबैले सरकारलाई सहयोग गरौँ । समाचारहरू फेसबुकमा हेर्ने युगमा सरकारका सबै निर्णयहरूको विरोध मात्र नगरौँ । लाइक र कमेन्टको लोभमा जे पायो, त्यही नलेखौँ । यो विषम परिस्थितिमा भगवान्, येसु, अल्लाह, बुद्धसँग प्रार्थना एक्लै आफ्नो घरबाट गरौँ, जमघट गरेर प्रार्थना नगरौँ । रोगले जात, धर्म, वर्ण, लिंंग, भाषा, भूगोल, राष्ट्रियता र साम्प्रदायिकता हेर्दैन भनेर पुष्टि भइसकेको छ ।

आफ्नै घरको परिवारमा पनि एकअर्काको नजिक नजाऔँ । यो भाग दौडले भरिएको जिन्दगी एकैछिन रोकिएको छ । यसलाई धार्जे भएर हेरौँ । २-४ दिन गाडी नचले प्रदूषण कम हुन्छ । आकाशमा ताराहरू झलमल्ल देखिन सक्छन् ।  सधैँ आफ्नो बाटो हेर्ने, आफ्नो कामका बारेमा सोच्ने हामीले फुर्सदमा आकाशगंंगातिर हेरौँ, दर्शनका बारेमा सोचौँ । यति फुर्सदको बेला फेरि कहिल्यै नआउन पनि सक्छ ।


भूसाल, चीनकाे छाङ्सा स्थित हुनान विश्वविद्यालयमा अध्यनरत हुनुहुन्छ ।