पाटनमा ३४ बेडका आइसोलेसन केन्द्र

पाटनमा ३४ बेडका आइसोलेसन केन्द्र

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र १२, २०७६

बैतडीको पाटन नगरपालिकाले ३४ बेडका चार छुट्टाछुट्टै आइसोलेसन केन्द्र निर्माण गरेको छ । पाटन नगरपालिका–६ मा रहेको विपद् व्यवस्थापन समितिको भवन, वडा नं ८ स्थित सिद्धदीप आधारभूत विद्यालय, वडा नं ४ भूमेश्वरमा रहेको भूमेश्वर माविमा १०÷१० श्ययाको आइसोलेसन केन्द्र निर्माण गरिएका  हुन् । 
यस्तै वडा नं। ३ को सिगास मावि गुरुडामा पनि चार श्ययाको आइसोलेसन केन्द्र निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । 
 कोरोना सम्भावित लक्षण देखिएका बिरामीलाई निगरानीमा राखी तत्कालका लागि उपचार गर्न श्ययाको स्थापना गरिएको उहाँले बताउनुभयो । पाटन नगरपालिकाले यसअघि पाटन, खोडपे र अनारखोलीमा हेल्थ डेस्क स्थापना गरेको थियो ।