सहारा नेपालले ६ जिल्लाको लागि २० लाखको खाद्यान्न उपलब्ध गराउने

सहारा नेपालले ६ जिल्लाको लागि २० लाखको खाद्यान्न उपलब्ध गराउने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १३, २०७६

झापा । कोभिड १९ (कोरोना भाइरस) को  सम्भावित जोखिम कम गर्न सञ्चालनमा  ल्याइने निगरानी ( क्वारेन्टाइन)मा रहनेलाई   सहारा नेपाल झापाले रु. २० लाख मूल्य बराबरको खाद्यान्न उपलब्ध गराउने भएको छ । 

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले  कर्मचारी मानवीय कोषबाट सो रकम बराबरको खाद्यान्न संस्थाको कार्यक्षेत्र रहेका प्रदेश नम्बर १ का छ वटा जिल्लामा उपलब्ध गराइने जानकारी दिनभयो  ।

झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर आदि जिल्लामा स्थापित क्वारेन्टाइनमा रहने सो भाइरसका शंकास्पदको लागि चामल, दाल, तरकारीलगायत खाद्यवस्तु  जिल्लामा रहेका विपद व्यवस्थापन समितिसँगको समन्वयमा उपलब्ध गराउने उहाँले बताउनुभयो ।