जबरजस्ती करणी गरेको अभियोगमा  चौधरीद्वय प्रहरी नियन्त्रणमा

जबरजस्ती करणी गरेको अभियोगमा  चौधरीद्वय प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र १३, २०७६

ललितपुर । एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ दङगिशरण गाउँपालिका-३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई शनिबर साँझ महालक्ष्मी नगरपालिका-९ लामाटार चोकस्थित खाली जग्गामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।   

     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।