एनआरएनएले एक करोड बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण उपलब्ध गराउने

एनआरएनएले एक करोड बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण उपलब्ध गराउने

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र १३, २०७६

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले  एक करोड बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।

सङ्घको बुधबार बसेको अन्तरराष्ट्रिय कार्यकारी सचिवालय बैठकले विश्वव्यापी रुपमा महामारी रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित गराउन नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय गरेको हो । 

सङ्क्रमणको समयमा स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारका सुरक्षा उपकरण र परीक्षण कीट चीन बेइजिङस्थित नेपाली दूतावासमा उपलब्ध गराइने सङ्घका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो ।

उक्त सामान खरिद गर्न राष्ट्रिय समन्वय परिषद् चीनका प्रतिनिधिसहितको एक कार्यदलसमेत गठन गरिएको सङ्घका प्रवक्ता डिबी क्षेत्रीले आज जानकारी दिनुभएकाे छ ।