कोरोना कोषमा सन्दीपद्वारा एक लाख प्रदान

कोरोना कोषमा सन्दीपद्वारा  एक लाख प्रदान

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र १४, २०७६

युवा क्रिकेटर सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु  एक लाख सहयोग गर्नुहुने भएको छ ।

उहाँले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गर्नुभएको हो ।     “कोषमा रु एक लाख दिने घोषणा गर्दछु, यस्तो सङ्कटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न”, उहाँले ट्वीट गर्दै भन्नुभएको छ ।

सन्दीपले महामारीका  समयमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै कोरोना भाइरसबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारद्वारा स्थापित कोरोना कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढ्दै गएको बताउनुभयो ।