प्रशान्त उप्रेतीका चार छोक

प्रशान्त उप्रेतीका चार छोक

प्रशान्त उप्रेती  |  साहित्य  |  चैत्र १५, २०७६

जलन

गर्न त सक्थेँ धेरै प्रगति, अनन्तकालसम्म
इच्छाशक्तिले भरिपूर्ण छु, दीर्घकालसम्म
तर अचनाक रोकिदिए  बीचैमा प्रगति आफ्नालाई सम्झेर
आफन्तको  कमसल सहनशक्ति अनि जलन कहिलेसम्म  ?

कोरोना

आफ्नै प्रेमिकासँग जीवनको भिख माग्नुपर्ने
कस्तो दिन आयो- मान्छे देख्दा मान्छे भाग्नुपर्ने
सरकार  एकोहोरो आदेश दिन्छ- घरभित्रै अनिवार्य बस्नूू भनेर
खोइ म आकाशमुनि बस्ने मान्छे, कसको घरमा जबर्जस्ती घुस्नुपर्ने ?


कसुर

चुह्लो चौकोमा नुन अनि तेलको खाँचो छ
देश नै बेच्ने राष्ट्रघातीका हातमा देशको साँचो छ
एक योद्दा जुत्ता बांगो प्रहार गर्ने कसुरमा कारागार चलान भयो
निर्दोष १७ हजार जनता मार्ने  हत्यारा नै देशको ठेकेदार छ ।


सन्तान

सानो हुँदा मर्लान् भनी बाआमा अघिपछि  कुदे
आफ्नो भोजन काटीकाटी सन्तानलाई पुजे
ठूलो भयो सन्तान अनि बिहेबारी गर्‍‍‍यो
आमाबालाई वृद्धाश्रममा रकम दिई  बेचे ।